
नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसको वार्षिक साधारण सभा सम्पन्ननेपाली जनसम्पर्क समिति नेदरल्याण्डसको वार्षिक साधारण सभा तथा स्वर्गीय नेताद्वय कृष्ण प्रसाद भट्टराई र गिरीजा प्रसाद कोइरालाको क्रमश:प्रथम र द्धितिय स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथिमा युरोप भ्रमणका शिलशिलामा स्विजरल्याण्ड आउनु भएका नेपाली कांग्रेसका वर्तमान केन्द्रिय सदस्य तथा पुर्व महामन्त्री एवं संविधान सभाका सदस्य विमलेन्द्र निधिको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम मार्च २७ तारिखका दिन नेदरल्याण्डसको स्थानिय शहर आम्स्टडाममा भब्य रुपमा सम्पन्न भएको हो । उक्त वार्षिक साधारण सभा तथा नेताद्वयको स्मृति सभामा नेदरल्याण्डस स्थित रहेका अधिकांश सामाजिक तथा राजनैतिक संघ संस्थाका प्रतिनिधिहरुको उलेख्य उपस्थिति रहेको थियो । सो वार्षिक साधारण सभा तथा नेताद्वयको स्मृति सभामा नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसका बरिष्ठ उपाध्यक्ष दिपक रेग्मीले स्वागत मन्तब्य राख्नु भएको थियो भने,भुटनीज कम्युनिटीका अध्यक्ष डि.पी.मैनालीले नेपालमा रहेका भुटानीहरुले भोग्नुपरेका समस्याका बारेमा नेपाल सरकारले चासो नराखेको गुनासो गर्दै नेपाल सरकारले आफ्नो देश भुटान फर्कन चाहने नेपालकै क्याम्पमा रहेका भुटानीहरुलाई सहज रुपमा फर्कने बाताबरण मिलाइ दिनुहुन आग्रह गर्दै,हाम्रो पुर्खा पनि नेपालीहरु नै भएकोले हामीले नेपाल प्रति चासो राख्नु स्वाभाविक भएको जिकिर गर्दै अहिलेको परिप्रेक्षमा नेपाल र नेपालीको हितमा नेपाल सरकारले कुनै पनि काम गर्न नसकेकोमा दु:ख ब्यक्त गर्नु भएको थियो । जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष गंगाधर गौतमले नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसले गर्न लागेको 'शान्तिका लागी शिक्षा'परियोजना राजनैतिक संघ संस्थाले आफ्नो पार्टीको हितको लागि मात्र नभई आफ्नो देश बिकासमा पनि बिशेष भूमिका खेल्न सक्ने राम्रो उदाहरण प्रस्तुत गरेको छ भन्दै यो अति नै राम्रो काम भएकोले 'शान्तिका लागी शिक्षा' परियोजनाको सफलताको कामना गर्नु भएको थियो।
साधारण सभाका प्रमुख अतिथि गगन थापा नेदरल्याण्डस आउने कार्यक्रम स्थगितनेपाली कांग्रेसका युवा नेता गगन थापा मार्च तेस्रो साता नेदरल्याण्डस आउने कार्यक्रम स्थगित भएको छ। अध्यक्ष ठाकुर प्रसाद शर्मा (मनोहरी) का अनुसार प्रमुख अतिथि को आउने कार्यक्रम स्थगित भए पनि मिति :- २७ मार्च २०१२, मंगलबार, समय :- दिनको ११.०० बजे बाट १६.०० बजे सम्म, स्थान :- Jacob Catskade 11,1052 Amsterdam (NRNNL ले २०११ बडा दशैं आयोजना गरेको हल ) नेपाली जन सम्पर्क समिति नेदरल्याण्डस को साधारण सभा हुँदैछ। केन्द्रले सम्पूर्ण केन्द्रीय नेताहरुलाई विदेश भ्रमणमा नजान ह्विप जारी गरेपछि गगन थापा आउने कार्यक्रम स्थगित भएको हो। उक्त दिन प्रमुख अतिथिको उपस्तिथी नभएपनि जनसम्पर्क समिति नेदरल्याण्डस ले साधारण सभा भने तोकिएको समय मा नै गर्ने भएको छ। जनसम्पर्क समिति नेदरल्याण्डसले रोल्पामा विधालय भवन निर्माण गर्नेप्रजातन्त्र प्रेमी,नेपाली कांग्रेस समर्थक विदेशमा बस्ने नेपालीहरुको संगठन नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसले शान्तिका लागि शिक्षा परियोजना अन्तर्गत रोल्पा जिल्लाको करेटी गा.बि.स.मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालयको लागि २ कोठे पक्कि भवन निर्माण गर्ने भएको छ। अध्यक्ष ठाकुर प्रसाद शर्मा (मनोहरि)का अनुसार १२ वर्षे शशस्त्र द्वन्दको मुल्यांकन गर्ने जिम्मा इतिहासलाइ सुम्पदै शान्तिको मार्गमा वामे सर्दै गरेको हाम्रो मुलुकको यो विशिष्ट समयमा नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसले ‘शान्ति र विकासका लागि नागरिक कर्तव्य’भन्ने मुल मर्मलाई आत्मसात गर्दै माओवादी विद्रोहका नाममा शुरु गरिएको नागरिक हत्याका शहीदको स्मरणमा एक शान्तिका लागि शैक्षिक परियोजना संचालन गर्दैछ।
|